राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन्।
जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणामअनुसार लिङ्देनले १५ हजार १ सय ९८ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका कांग्रेस नेता सिटौलाले भने १२ हजार ३ सय ३ मत प्राप्त गरेका छन्। लिङ्देनले सिटौलालाई २ हजार ८ सय ९५ मतले उछिनेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १ हजार १ सय ८१ मत ल्याएका छन्।