तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारी आफ्ना प्रतिस्पर्धीलाई साढे ५ हजारभन्दा बढीको मतान्तरले हराउँदै निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार भण्डारीले ३० हजार ६ सय ४ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका किरण गुरूङले २५ हजार १ सय ३० मत पाएका छन्।
उनीहरूबीचको मतान्तर ५४७४ छ।