नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधान झन्डै ६ हजार मतान्तरसहित अगाडि छन्।
अहिलेसम्मको मतगणनाअनुसार उनले ११ हजार १९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्रराज कडेलले जम्मा ५०७३ मत ल्याएका छन्। उनी प्रधानभन्दा ५९४६ मतले पछाडि छन्।
यहाँ नेकपा एमालेका दिपेन्द्रकुमार अधिकारी ३८८१ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका मदनलाल पौडेलले १८१५ मत ल्याएका छन्।