नेकपा एमाले महासचिव शंकर पोखरेल आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले पछाडि परेका छन्।
दाङ क्षेत्र नम्बर २ मा एमालेका पोखरेलले अहिलेसम्म ८ हजार ६ सय ४८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
पोखरेलले माओवादी केन्द्रकी रेखा शर्मालाई पछ्याइरहेका छन्। पहिलो स्थानमा रहेकी रेखा १९१२ मतले अगाडि छिन्।
आयोगका अनुसार रेखाले १० हजार ५ सय ६० मत पाएकी छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी तेस्रो स्थानमा छन्। उनले ४ हजार ३ सय ३९ मत ल्याएका छन्।