मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला पछि परेकी छन्।
ताजा मतपरिणाम अनुसार उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले पछि पारेका हुन्। पोखरेल अहिले ६४४८ मतले अगाडि छन्।
कोइरालाले भने ६०४४ मत पाएकी छन्।
उनीहरूबीच ४०४ मतको अन्तर छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने ७०६ मतसहित तेस्रो स्थानमा छन्।
मोरङ-२ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।