झापा क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका विश्वप्रकाश शर्माले नेकपा एमालेका अग्नि खरेललाई झन्डै १० हजार मतले उछिन्दै आफ्नो अग्रता कायम राखेका छन्।
निर्वाचन आयोगका अनुसार शर्माले अहिलेसम्म २५४७६ मत ल्याएका छन् भने खरेलले १५५४४ मत पाएका छन्। उनीहरूबीच ९९३२ मतको अन्तर छ।
पूर्वमहान्यायाधिवक्ता खरेलले यसअघिको प्रतिनिधिसभा निर्वाचनमा शर्मालाई हराएका थिए।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी तेस्रो स्थानमा छन्। उनले ५०५७ मत ल्याएका छन्।