ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्। उनी नेकपा एमालेका नवराज सिलवाललाई साढे चार हजारभन्दा बढी मतले हराउँदै निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले दिएको अन्तिम मत परिणामअनुसार राणाले २३८९२ मत ल्याएका छन् भने नेकपा एमालेका सिलवालले १९२७८ मत ल्याएका छन्। उनीहरूबीचको मतान्तर ४६१४ छ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यहाँ उदयशमशेर राणा र नवराज सिलवालबीच नै प्रतिस्पर्धा थियो।
प्रहरी सेवा छाडेपछि एमाले प्रवेश गरी राजनीति सुरू गरेका पूर्वडिआइजी सिलवालले अघिल्लो चुनावमा उदयशमशेरलाई पराजित गरेका थिए।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे तेस्रो स्थानमा छन्। उनले ३२७७ मत ल्याएका छन्।