बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले आफ्ना प्रतिस्पर्धीको दाँजोमा मतान्तर बढाउँदै लगेका छन्।
नेपालगन्जमा 'राजा' भनेर चिनिने धवलशमशेरले अहिले २२६०५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
उनलाई जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले १६१४८ मतसहित पछ्याइरहेका छन्। इश्तियाकलाई यहाँ 'मन्त्री' भनेर सम्बोधन गरिन्छ। निर्वाचनअघिसम्म उनी भौतिक पूर्वाधार मन्त्री थिए।
उनीहरूबीच मतान्तर लगातार बढ्दै गएको छ। पहिले धवलशमशेर ४७९६ मतले अगाडि थिए भने अहिले उनले ६४५७ मतले इश्तियाकलाई पछाडि पारेका छन्।
यो निर्वाचन क्षेत्रमा नेपाली काग्रेसका सुदीप नरसिंह राणा तेस्रो स्थानमा छन्। उनले ३११९ मत ल्याएका छन्।