काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच छ।
यहाँ कांग्रेसका शिवप्रसाद हुमागाई र एमालेका गोकुल बाँस्कोटाबीच प्रतिस्पर्धा देखिन्छ। सुरूवात देखिनै शिवप्रसादले अग्रता कायम गरेका छन्।
यता गोकुलले भने पछ्याइरहेका छन्। उनले शिवप्रसादसँगको मतान्तर घटाउने प्रयासमा छन्।
निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको मत परिणाम अनुसार शिवप्रसादले ८ हजार ३६१ मत पाएका छन्।
गोकुलले भने ७ हजार ८३४ मत पाएका छन्।
उनीहरूबीच ५२७ मतको अन्तर छ।
यस्तै यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले पनि २ हजार ३९४ मत पाएका छन्।