गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्ट एकीकृत समाजवादीकी रामकुमारी झाक्रीभन्दा २३ सय बढी मतले अगाडि छन्।
पछिल्लो मत परिणामअनुसार बिष्टले १७६६८ मत ल्याएका छन् भने झाक्रीले १५३२६ मत प्राप्त गरेकी छन्।
उनीहरूबीच अहिले २३४२ को मतान्तर छ। नयाँ मत परिणाम आउँदा झाँक्रीले मतान्तर घटाएकी हुन्। यसअघि उनी २६८४ मतले पछाडि थिइन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका बिष्ट नै विजयी बनेका थिए। त्यो बेला झाक्री पनि एमालेमै थिइन्। पछि एमाले फुटेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि झाक्री माधवतिर गएकी हुन्।