काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले लगातार अग्रता कायम गरिरहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै तीन हजार मतले अगाडि छन्।
यहाँ ३८३८० मत खसेकोमा अहिलेसम्म २१०५३ मन गनिएको छ। गणना सुरू भएदेखि लगातार अग्रस्थानमा रहँदै आएका शिशिरले अहिलेसम्म ७७१३ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ४७२५ मत पाएका छन्।
नेपाली कांग्रेसका भीमसेनदास प्रधान ४६४५ मतसहित तेस्रो स्थानमा छन्।