दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन्।
उनले प्रतिद्वन्दी नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गरेका हुन्।
खत्रीले ९ हजार ४६४ मत ल्याए भने रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्।
रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेर प्रदेश सभा सदस्य बनेका थिए।
नेकपाभित्रको अन्तरसंघर्षका क्रममा एमालेको उनी एमाले बनेका थिए। उनी एमालेमा गएपछि माओवादीले उनको सांसदबाट पदमुक्त गरेको थियो।
अहिले निर्वाचित खत्री गठबन्धनका साझा उम्मेदवार थिए। उनी नेविसंघ दैलेखको संस्थापक पनि हुन्।
३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो ।