पाँचथरमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बे र नेकपा (एमाले) का केन्द्रीय सदस्य बसन्तकुमार नेम्वाङबीच कडा प्रतिस्पर्धा देखिएको छ।
आङदेम्बेले ५ हजार ७८ मत प्राप्त गरेका छन् भने नेम्वाङले ४ हजार ५९० मत प्राप्त गरेका छन्।
११ हजार ४२६ मतगणना हुँदा आङदेम्बेले ४८८ मतले अग्रता लिएका हुन्।
यो पटक पाँचथरमा ७५ हजार ३५२ मत खसेको छ।
नेम्वाङले २०७४ सालको निर्वाचनमा आङदेम्बेलाई हराएर प्रतिनिधिसभाको सदस्य बनेका थिए।
यसपटक पनि उनीहरूबीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ ।