चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ७४५९ मतसहित अग्रता कायम गरेका हुन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ५८०५ मतसहित पछ्याइरहेकी छन्।
त्यस्तै माओवादी केन्द्रका भोजराज अधिकारी ५३१० मतसहित तेस्रो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३९०९ मत प्राप्त गरेका छन्।
चितवन-३ मा यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। यो निर्वाचनमा भने दाहाल गोरखा-२ बाट उठेका छन्।