काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेको जित सुनिश्चित भएको छ।
गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर चालिसेले नेकपा एमालेका कृष्णबहादुर राईले ३३ सयभन्दा बढी मतले पछि पार्दै जित सुनिश्चित गरेका हुन्। अब करिब ३ हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत मन्दिरा शाहीले बताएकी छन्।
चालिसेले अहिलेसम्म उनले १३५०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर राईले १०१८५ मत ल्याएका छन्। अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाबिक्रम थापा क्षत्री ५२२७ मत ल्याएर तेस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २१८८ मत पाएका छन्।