मधेश प्रदेशको प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) ले खाता खोलेको छ।
पर्सा–४ को (ख) बाट स्वतन्त्र उम्मेदवारलाई पराजित गरी जसपाका सिंगासन सा कलवार विजयी भएका हुन्।
उनले १५ हजार ३८५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत प्राप्त गरे।
सत्तारूढ गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँद तारा कुमारी १ हजार ७६५ मत ल्याइन्।
सिंगासन २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए।