कैलाली क्षेत्र नं. ५ प्रतिनिधि सभामा नेकपा एमालेका नारदमुनी रानाले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार ३५५६ मत गणना गर्दा एमालेका रानाले एक हजार २८० मत पाएका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत पाएका छन्। उनी २४१ मतले पछाडि छन्।
यस्तै स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले ४५३ मत पाएका छन्।