सिराहा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) लाई उछिन्दै जनमत पार्टीले अग्रता लिएको छ।
जसपाका राजकिशोरलाई २३५ मतले पछि पार्दै जनमत पार्टीका विनोदकुमार यादवले अग्रता लिएका हुन्।
हालसम्मको मतगणनामा उनले २८५२ मत ल्याउँदा राजकिशोरले २६१७ मत प्राप्त गरेका छन्।
पूर्वमन्त्री राजकिशोर यहाँका निर्वतमान सांसद हुन्। राजकिशोर त्यसैगरी नेपाली कांग्रेसकी चित्रलेखा यादवले २३७१ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।