कुनै पनि व्यवसायिक पेशामा लागेको व्यक्तिले उसको ग्राहकप्रति उत्तरदायित्व बहन गर्नुपर्छ। कुनै पनि व्यवशायीक पेश गर्न सो पेसासँग सम्बन्धित अध्ययन, अनुसन्धान र व्यावहारिक ज्ञान प्राप्त गरेर तोकिएको निकायबाट अनुमति पाएको हुन्छ।
जस्तो, चिकित्सक हुन, नेपाल मेडिकल काउन्सिलबाट इजाजत लिनुपर्छ। व्यवसायिक पेसा भन्नाले चिकित्सक, कानून व्यवसायी, अभियन्ता (Engineers ) आदि पर्छन्।
इजाजत लिएर ग्राहकलाई चाहिएको सेवा प्रदान गर्ने कार्य ज्यादै सम्बेदनशील मात्र नभई रिश्की पनि हुन्छ।
व्यवशायीक पेशावालाले आफ्नो ग्राहकलाई सेवा दिँदा Duty of care मा ध्यान दिनु पर्छ। यदि हेलचक्याई वा लापरवाहीको कारण ग्राहकलाई असर परेमा त्यस्को उचित क्षतिपूर्ति दिनुपर्छ। नेपालमा अहिले धेरै विवाद चिकित्सा सम्बन्धी भएकोले मैले चिकित्सा क्षेत्रको बारेमा कुरा उठाएको छु।
आजकल धेरै सुनिन्छ, फलानो अस्पतालले मान्छे मार्यो, चिकित्सकको लापरवाहीले बिरामी मर्यो, आदि इत्यादि। हो, कुनै पनि मानिस वा काम शत प्रतिशत पूर्ण छैन। गल्ति सबैबाट हुन्छ। एउटा हजामको गल्तीले कपाल बिग्रिन सक्छ, तर चिकित्सकको गल्तीले मान्छे मर्न सक्छ।
गल्ति वा लापरवाही र हेलचेक्राईले कुन मानिस मरेमा त्यस्को क्षतिपूर्ति के हुन सक्छ? मरेको मान्छे फिर्ता गर्न सकिदैन, तर मृतकको परिवारलाई सहयोग गर्न सकिन्छ। कुनै व्यक्ति अपाङ्ग हुन गएमा वा शारीरिक, मानसिक रुपमा असर परेमा उसको सम्पूर्ण उपचार खर्च र उसप्रति आश्रित परिवारलाई सहयोग गर्न सकिन्छ। तर कसरि?
Medical Indemnity Insurance अर्थात् चिकित्सा क्षतिपूर्ति बीमाको स्थापना गरेर। सम्पूर्ण चिकित्सा क्षेत्रम लाग्ने व्यक्तिहरुलाई बाध्यात्मिक रूपमा बीमा लिनुपर्ने नियम बनाउनुपर्छ। बीमाको किस्ताको निर्धारण साधारणतया चिकित्सकको कार्यमा भर पर्नुपर्छ। एउटा साधारण चिकित्सक र चिरफार गर्ने चिकित्सक (Surgeon ) को किस्ता बराबर हुन सक्दैन किनकि बीमा गर्ने संस्थाले "जोखिम" हेर्छ।
मानौं, चिरफार गर्दा Surgeon को लापरबाहीले कसैको ज्यान गएमा पीडित परिवारलाई क्षतिपूर्तिको निर्धारण कसरी गर्ने? सामान्यतयाः मृतकको उमेर, उसको कमाई, भबिस्यमा काम गर्न सक्ने अवधि, उसप्रति आश्रित परिवारको संख्या र हैसियत आदि हेर्नुपर्छ।
जस्तो, ४० वर्षको व्यक्ति मरेमा, उसले ५५ वर्षसम्म काम गर्न सक्थ्यो भन्ने अनुमान गर्नुपर्छ र सो १५ वर्षमा उसले कमाउने आदि कुराको अनुमान गरेर क्षतिपूर्ति दिनुपर्छ।