Setopati ब्लग
Subscribe Setopati
बिहीबार, साउन १५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

कैँचीको धार

ऋषिका निधि भट्टराई

ऋषिका निधि भट्टराई

ऋषिका निधि भट्टराई।
ऋषिका निधि भट्टराई।

भनिन्छ, मान्छेले आफ्नो बाल्यकालका यादहरु जिवन पर्यन्त नै आफूसँग संघालेर राखेको हुन्छ। म चार वर्षको हुँदा परिवारसँग जापान गएकी थिएँ र १० वर्षको हुँदा नेपाल आएकी हुँ।

मेरो बाल्यकालको ६ वर्षभन्दा बढी समय जापानमा बितेको हुनाले जापान मेरो लागि एकदम नै प्यारो छ। मलाई जापानको धेरै कुराहारु याद आउछन् तर ती मध्ये पनि मैले पढेको जापानी स्कुल, गुरुमा र साथीहरुका यादहरु अलिक बेसी नै आउँछ।

मैले पढेको जापानी स्कुललाई स्मरण गर्नु पर्यो भने मलाई कवि शिरोमणिको 'फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?' भन्ने पंक्ति याद आउँछ। जापानी स्कुलमा हामीलाई अक्षर सिकाउनुभन्दा पहिला स्वावलम्बी हुन सिकाइन्थ्यो।

उदाहरणको लागि, आफ्नो लुगा आफै लगाउन, आफै चपस्टिक समातेर खाना खान, उपयुक्त अभिवादन गर्न र आफू र आफ्नु वातावरणलाई सफा एवं व्यवस्थित राख्न सिकाईन्थ्यो। त्यसपछि संवेदनशील हुन सिकाइन्थ्यो।

हाम्रो गुरुमाले सधै भन्ने गर्नु हुन्थ्यो, 'जुन कुरा अरुले आफूलाई गर्दा नराम्रो लाग्छ, त्यो अरुलाई कहिले पनि गर्नु हुन्न। सकेसम्म आफ्नो वचन र कर्मले आरुलाई ठेस् नपुगोस् भनेर होस् गर्नु पर्छ तर कथम् कथाचित आफ्नो कारणले अर्को मान्छेलाई ठेस् पुग्यो भने लाज नमानिकन विनम्र भएर शिर झुकाएर माफी माग्नु पर्छ।'

हामीलाई बिनम्र वचन, संवेदनशीलता र दयाको भावना नै जीवन यापन गर्नको लागि चाहिने अपरिहार्य हतियार हो भनेर सिकाइन्थ्यो। त्यसबेला म ५ वर्षकी थिएँ। एक दिन आर्ट्स एंड क्राफ्ट्सको कक्षा भइरहँदा मेरो एकजना सहपाठीले मलाई 'ऋषिका हेरन, मैले मेरो कैँची ल्याउन बिर्सेछु। मलाई तिम्रो कैँची एकछिन प्रयोग गर्न देउन ल?' भनेर सोधिन्।

मैले पनि 'हुन्छ' भनेर दिएँ। हुनलाई त यो एकदम सामान्य क्रियाकलाप थियो तर मेरी गुरुमाले मलाई ध्यान दिएर हेरिरहनु भएको रहेछ। मैले कैची दिएपछि उहाँले मलाई बोलाएर 'ऋषिका तिमीले कैँची दिएको तरिका भएन नि' भन्नु भयो। म त एकछिन अक्क न बक्क भएँ।

त्यसपछि गुरुमाले मुसुक्क मुस्कुराएर 'कुनै पनि धारिलो कुरा जस्तै कि कैँची, छुरी, बिर्को नलागेको कलम अथवा चुच्चो पेन्सिल अरुलाई दिँदा सधैँ धारिलो भाग चै आफुले पक्डेर, समाउने भाग लिने मान्छे तिर फर्काएर दिनु पर्छ। त्यसो गर्दा लिने मान्छेलाई चोट लाग्ने सम्भावना शून्य हुन्छ। अबदेखि होस् गर है?' भनेर भन्नु भयो।

त्यसबेला गुरुमाले सिकाउनु भएको पाठको गहनता ५ वर्षको मानसपटलले कति बुझ्यो होला भनेर म अन्दाज लगाउन सक्दिनँ। तर अहिले आएर म के कुरा भन्न सक्छु भने कैँचीको धारको दिशा प्रति अनभिज्ञ रहनु भनेको चुनौतीपूर्ण अवस्थालाई निम्त्याउनु सरह हो। यसले समाजका विभिन्न आयामहरुलाई प्रभाव पार्ने छ।

हाम्रो देशमा कैँची सोज्याउने औपचारिक शिक्षा न त स्कुलमा दिइन्छ न त घरमा। यही लकडाउनको बेला मेरो एकजना बहिनीसँग भिडियो च्याट भयो। तिनले निकै चिन्तित भएर मलाई 'दिदी, हेर्नु न मेरो अनुहारभरी नै पिम्पल आयो। सबैले के हो त्यो? के सारो अनुहार बिगारेको?' भन्छन्। मैले कहाँ जानी-जानी मेरो अनुहार बिगारेको हो त? मेरो त मनोबल नै कमजोर भईसक्यो। यो लकडाउन खुलेपछि म कसरी बाहिर निस्किने होला?' भनेर भनिन्।

मैले तिनलाई खासै केही भन्न सकिनँ तर बुद्धिले भ्याएसम्म थामथाम थुमथुम पारेँ। तिनको कुरा मैले अनुभूति गर्न सक्छु किनभने मेरो पनि किशोर अवस्थामा अनुहारभरी नै पिम्पल आएको थियो र वरिपरिको मान्छेले ''के हो त्यो?' 'के सारो अनुहार बिगारेको?' नै भनेका थिए। मलाई पनि घर बाहिर जान गाह्रो लाग्थ्यो।

मलाई बहिनीको कुराले निकै नै सोच मग्न बनायो। यी बाहिनी बाहेक अरुलाई कस्तो कुराले पिरोलेको छ होला र हाम्रो समाजमा असंवेदनशीलताले कस्तो रुपमा निरन्तरता पाइरहेको छ होला भनेर बुझ्न मन लाग्यो। त्यसैले मैले मेरो केही घनिष्ठ साथीभाइहरुलाई सम्पर्क गरेर 'तिमीलाई अर्को मान्छेले के भन्यो भने साह्रै असंवेदनशील लाग्छ?' भनेर सोधेँ। उनीहरुले दिएको उत्तर तल प्रस्तुत गरेकी छु।

साथी १: मलाई मेरो वजनको बारेमा टिप्पणी दिएको मन पर्दैन। हो, म मोटी छु तर जति बेला पनि मेरो वजनलाई मेरो अस्तित्व बनाएको मन पर्दैन।

साथी २: मलाई उमेर सोधेकोमा खासै नराम्रो लाग्दैन। तर उमेर थाहा पाएपछि 'तिमी त उमेरभन्दा बुढी देखिदो रैछौ' भनेको मन पर्दैन।

साथी ३: मेरो एकजना ठूलोममी हुनुहुन्छ। जब-जब म उहाँको घर जान्छु, उहाँ मेरो नजिक आएर मेरो अनुहार नियाल्नु हुन्छ अनि 'तिम्रो त कति धेरै चाउरी आएछ' भन्नु हुन्छ। मलाई एकदम नरमाइलो लाग्छ।

साथी ४: मेरो विवाह भएको छैन अनि यही कुरालाई लिएर अरु मान्छेहरुले मेरो आमा-बुवालाई 'अझै विवाहको टुंगो लागेन? अब त ढिलो हुन्छ त' भनेर अत्याएको मन पर्दैन।

साथी ५: मलाई आफ्नो व्यक्तिगत त्यस्तो अनुभव त झट्ट याद आएन। तर पत्रकारहरुले भर्खर विवाह भएको नायिकाले पैसाको लागि विवाह गरिन् कि प्रेमको लागि विवाह गरिन् भन्ने विषयमा लेखिएको आक्रमणयुक्त लेख साह्रै असंवेदनशील लाग्यो।

संवेदनशीलता अत्यन्तै गम्भीर अवधारणा हो। संवेदनशील हुनको लागि कुनै संक्षिप्त तरिका हुँदैन। किनभने संवेदनशीलता कठोर परिश्रम र दृढ अभ्यासबाट मात्र प्राप्त हुन्छ। हाम्रो समाजमा विराजमान असंवेदनशीलताको मुल जड भनेको अज्ञानता हो। हामीलाई औपचारिक या अनौपचारिक माध्यमबाट संवेदनशीलताको विषयमा ज्ञान दिइएको छैन।

कसरी नसोचिकन उच्चारण गरेको शब्दले एउटा मान्छेको मनोबललाई प्रभाव पार्छ भनेर सिकाइएको छैन। हामीलाई 'जुन कुरा अरुले आफूलाई गर्दा नराम्रो लाग्छ, त्यो अरुलाई कहिले पनि गर्नु हुन्न’ भनेर सिकाइएको छैन। हामीलाई विनम्र वचन, संवेदनशीलता र दयाको भावना नै जीवनयापन गर्नको लागि चाहिने अपरिहार्य हतियार हो भनेर सिकाइएको छैन। अरुलाई कैँची दिँदा धार आफूले पकड्नु पर्छ भनेर सिकाइएको छैन।

मानव जाति सधैँ खुसीको खोजीमा तत्पर रहन्छ। तर अहिले संसार नै अनिश्चितता तर्फ़ लम्किरहेको बेला खुसी खोज्न त परै जाओस्, भविष्य प्रति आशावादी हुन पनि सजिलो भैरहेको छैन। मेरो हजुरबुवाले भन्ने गर्नु हुन्थ्यो 'दिनुमा भन्दा ठूलो सुख केहीमा पनि हुँदैन।'

कोरोनाले ग्रसित पारेको यो संकटको घडीमा एउटा मानिसले अर्को मानिसलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार भनेको मन, वचन र कर्मले समर्पित संवेदना हो। व्यक्तिगत आलोचनामा अल्मलिनुभन्दा बरु आफू र आफ्नो परिवारको कैँचीको धार कता तिर छ भनेर अवलोकन गरेमा त्यो आफैमा कोरोनाले निम्त्याएको समस्याहरुलाई पराजय गर्ने औजार हुनेछ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १३:०६
सिफारिस
राजा–महाराजाले जोगाएको देश!
राजा–महाराजाले जोगाएको देश!
रञ्जिताले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकिन्ः रेशम चौधरी
रञ्जिताले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकिन्ः रेशम चौधरी
तिब्बतमा पुनः सुप्राग्लेसियल लेक विस्फोटको आशंका, ल्हेन्देको बाढीले केके गर्‍यो क्षति?
तिब्बतमा पुनः सुप्राग्लेसियल लेक विस्फोटको आशंका, ल्हेन्देको बाढीले केके गर्‍यो क्षति?
दुई साताको खुम्बु पदयात्रामा बनेको फिल्म, भन्छ– तल हेर्नुस् माथि होइन!
दुई साताको खुम्बु पदयात्रामा बनेको फिल्म, भन्छ– तल हेर्नुस् माथि होइन!
रास्वपाले भैरहवामा किन राख्यो संसदीय दलको बैठक?
रास्वपाले भैरहवामा किन राख्यो संसदीय दलको बैठक?
बागमतीमा तीन मन्त्री नियुक्त, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लम्साललाई
बागमतीमा तीन मन्त्री नियुक्त, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लम्साललाई
राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
यी फ्याक्टर जसका कारण प्रचण्ड बढाउँदैछन् माधव नेपालसँग एकताको हात
यी फ्याक्टर जसका कारण प्रचण्ड बढाउँदैछन् माधव नेपालसँग एकताको हात
नाग पुज्ने सहर
नाग पुज्ने सहर
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

विद्यालयका गुरुहरूको सम्झना!
तस्बिर: सौरभ थापा श्रेष्ठ
नाग पुज्ने सहर
कुण्ठा बनेको कात्तिक २७ को त्यो घटना!
लोक सेवक कि सरकारी उडुस!
यात्रा उस्तै, यात्री दुरुस्तै!
केही पुराना किस्साहरू!

विचार

यादव देवकोटा
राजा–महाराजाले जोगाएको देश! यादव देवकोटा
आशा मगराती
कक्षामा पछाडि बस्नेहरूको कथा आशा मगराती
योगेन्द्र चापागाईं
यी हुन् विद्यालय शिक्षा सुधार नहुनुका प्रमुख कारण, के गर्न सकिन्छ? योगेन्द्र चापागाईं
सुरेन्द्र फुयाल
मसुरीका महसुर नेपाली! सुरेन्द्र फुयाल

ब्लग

अमर अधिकारी
विद्यालयका गुरुहरूको सम्झना! अमर अधिकारी
सौरभ थापा श्रेष्ठ
नाग पुज्ने सहर सौरभ थापा श्रेष्ठ
अर्जुन मोहन भट्टराई
कुण्ठा बनेको कात्तिक २७ को त्यो घटना! अर्जुन मोहन भट्टराई
सागरमणि दाहाल
लोक सेवक कि सरकारी उडुस! सागरमणि दाहाल

साहित्यपाटी

सहदेव न्यौपाने
भित्रको आवाज! सहदेव न्यौपाने
प्रल्हाद गैरापिप्ली
एकचोटि आफूलाई सोध! प्रल्हाद गैरापिप्ली
दिनेश आचार्य
नांगीनको नक्सामा! दिनेश आचार्य
सुलोचना केसी
सेतो वस्त्रमा मेरी भाउजू! सुलोचना केसी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP