बलिउडका स्टार सलमान खान अझै अबिवाहित छन्। उनको बिवाहको चिन्ता उनको परिवार र सबै फ्यानहरुलाई छ। ५१ वर्षीय सलमानलाई जहिल्यै एउटै प्रश्नले पछ्याउने गर्छ, कहिले बिवाह गर्ने?
तर उनले बिवाहभन्द पनि पिता बन्ने बारे खुलेर कुरा गरेका छन्। उनले अहिले बिवाह र बच्चाको लागि आफुलाई कुनै हतार नभएको बताउँदै सलमानले ७० वर्ष पुग्दा भने महसुस हुन सक्ने बताएका छन्।
उनले अबको २ वा ३ वर्ष वा भविष्यमा आफु बुवा बने भने आफ्नो बुवाको नातीनातिना देख्ने सपना पुरा गर्न लागि यस्तो गर्ने बताए।