शाहरूख खानको चलचित्रले बक्स अफिस कलेक्शनमा नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ।
शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ यतिबेला भारतमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ।
फिल्म ‘पठान’ले रिलिजको ३८ औँ दिनमा हिन्दी बक्स अफिसमा सर्वाधिक कमाई गरेको छ। अहिलेसम्म यो रेकर्ड दक्षिण भातीय फिल्म ‘बाहुबली २’ को नाममा थियो।
बाहुबलीले हिन्दी बक्स अफिसमा ५१०.९९ करोड कमाउँदै सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो।
यसरी शाहरुख खानको फिल्मले करिब ६ वर्ष पुरानो प्रभासको फिल्म ‘बाहुबली २’ को कीर्तिमान तोडेको हो।
१. पठान

शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमको फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो।
फिल्म ‘पठान’ ले अहिलेसम्म भारतीय बक्स अफिसमा ५११.७० करोड कमाइसकेको छ।
२. बाहुबली २

प्रभासको फिल्म ‘बाहुबली २’ सन् २०१७ मा रिलिज भएको थियो । यो साउथ फिल्मले हिन्दी बक्स अफिसमा ५१०.९९ करोड कमाएको थियो।
३. ‘केजीएफ २’

यशको फिल्म ‘केजीएफ २’ सन् २०२२ मा रिलिज भएको थियो। यो साउथ फिल्मले हिन्दी बक्स अफिसमा ४३४.७० करोड भारू कलेक्सन गरेको थियो।
४. दंगल

आमिर खानको फिल्म ‘दंगल’ सन् २०१६ मा रिलिज भएको थियो। आमिर खानको यो फिल्मले ३८७.३८ करोड कमाएको थियो।
५. सञ्जु

रणवीर कपूरको फिल्म ‘सञ्जु’ सन् २०१८ मा रिलिज भएको थियो। फिल्म ‘सञ्जु’ले ३४२.५३ करोड भारू कमाएको थियो।
६. पिके

आमिर खानको फिल्म ‘पीके’ सन् २०१४ मा रिलिज भएको थियो। आमिर खानको यो फिल्मले ३४०.८ करोड कमाएको थियो।
७. टाइगर जिन्दा है

सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ सन् २०१७ मा रिलिज भएको थियो। फिल्म ‘टाइगर जिन्दा हे’ ले ३३९.१६ करोड कमाएको थियो।
८. बजरंगी भाइजान

सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ सन् २०१५ मा रिलिज भएको थियो। सलमान खानको फिल्मले ३२०.३४ करोड कमाएको थियो।
९. वार

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ सन् २०१९ मा रिलिज भएको थियो। फिल्म ‘वार’ ले ३१७.९१ करोड कमाएको थियो।
१०. पद्मावत

रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको फिल्म ‘पद्मावत’ सन् २०१८ मा रिलिज भएको थियो । फिल्म ‘पद्मावत’ले ३०२.१५ करोड कमाएको थियो।