भारतीय अभिनेत्री तथा डान्सर नोरा फतेहीले सामाजिक संजालमा आफ्नो नयाँ लुक्स सार्वजनिक गरेकी छन्।
उक्त लुक्स सार्वजनिक गरेसँगै उनकाे ट्राेल भइरहेकाे छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले नोरा हो कि अमेरिकी पप गायिका लेडी गागा हो भनेर छुटाउन मुस्किल भएको प्रतिक्रिया दिएका छन्।
सार्वजनिक तस्बिरमा नोरा चम्किलो सुनौलो रंगको कपडामा देखिएकी छन्। उनले घाँटी, कम्मर र हातमा कालो पेटी बाँधेकी छन्। योसँगै उनले आफ्नो लुगासँग मिल्दोजुल्दो रंगको चस्मा पनि लगाएकी छन्।
शरीरलाई छुने लुगामा उनी लेडी गागा जस्तै देखिएकी छन्। यहाँसम्म कि उनले लेडी गागाको जस्तै कपाल बनाएकी छन्। लेडी गागा प्रायः कैलाे कपालमा देखिन्छन्।
उनका फ्यानले नोरालाई कसैको नक्कल गर्न आवश्यक नभएको बताइरहेका छन्।
क्यानाडामा जन्मिएकी नोराले तेलुगु फिल्म ‘टेम्पर’ मा आइटम नृत्य गरेपछि चर्चामा आएकी थिइन्। उनले थुप्रै बलिउड फिल्ममा समेत आइटम नृत्य गरेकी छन्।
‘दिलबर दिलबर’ बोलको गीतमा आइटम नृत्य गरेपछि उनको चर्चा झनै चुलिएको थियो।
नोरा सन् २०१५ मा ‘बिग बोस ९’ मा सहभागी भएकी थिइन्। उनले डान्स रियालिटी शो ‘झलक दिखलाजा’ मा समेत प्रतिस्पर्धा गरेकी थिइन्।