दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ क्रममा घाइते भएका छन्। घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
यही बेला उनले केही समय अघिदेखि थाती रहेको घुँडाको ठूलो शल्यक्रिया गरेका छन्।
यसअघि 'साहो' फिल्मको एक्सन दृश्यका क्रममा उनको खुट्टामा चोट लागेको थियो। उनलाई केही वर्षअघि नै शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए पनि आफ्ना पूरा गर्न बाँकी रहेका काम धेरै भएकाले शल्यक्रिया तत्काल स्थगित गरेका थिए।
त्यसपछि कोभिड आएकाले ढिलाई भएको थियो।
ठूलो शल्यक्रिया भएकाले चिकित्सले उनलाई कम्तिमा ३ महिना आराम गर्न सुझाएका छन्।
हालै मात्र प्रभास फिल्म ‘राधेश्याम’ मा देखिएका थिए। यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन। फिल्मको हिन्दी भर्सनले हालसम्म १९.२५ करोड भारूको व्यापार गरेको छ।
प्रभासको ‘सालार’ आगामी १४ अप्रिलमा रिलिज हुँदैछ। तेलुगू र कन्नड भाषाको यो फिल्ममा उनको अपोजिटमा श्रुति हसन छिन्। फिल्मको बजेट एक सय ५० करोड छ।
यस्तै उनले 'आदिपुरुष'को छायांकन पूरा गरिसकेका छन्। यसमा उनले भगवान रामको भूमिका निर्वाह गरेका छन्।