दसैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा अर्चना भइरहेको छ। दसैं पर्वकै अवसरमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न शक्ति पीठहरूमा पनि दर्शनार्थीहरूको घुइँचो छ। भक्तजनहरूले शक्तिस्वरूपा देवीको पूजा अर्चना गरिरहेका छन्।
सहरमा दसैंको शारदीय उमंगले छोपिरहेका बेला गाउँ फर्कनेहरूको पनि चहलपहल बढेको छ।
दसैं दुर्गा उपासनाको पर्व त हुँदै हो, पारिवारिक मिलनको पर्व पनि हो। वर्षभरि आ–आफ्नो काममा व्यस्त भए पनि दसैंमा परिवारका सदस्यहरू सँगै भएर दसैं मनाउने प्रचलन छ।
त्यसकारण टाढाटाढा रहेका परिवारका सदस्यहरू पनि घर फर्कने गर्छन्। काठमाडौंस्थित नयाँ बसपार्कमा यस्तै चहलपहल देखिन्छ। मानिसहरू दसैंको उत्साह बोकेर घर फर्किइरहेका छन्।
तस्बिरहरूः



























