ऋषभ शेट्टी निर्देशित तथा अभिनीत कन्नड फिल्म 'कान्तारा च्याप्टर १' ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
प्रदर्शनको सातौं दिन बुधबार मात्र फिल्मले भारतमा २५ करोड नेट कमाइ गरेको छ। त्योसँगै फिल्मले घरेलु बक्स अफिसमा ३१६ करोड नेट (कुल ३७९ करोड भारू) को आँकडा पार गरेको छ।
यो फिल्म अक्टोबर २ मा पाँच भाषाहरूमा एकसाथ रिलिज भएको थियो। फिल्मले विभिन्न भाषाहरूमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसको हिन्दी डब संस्करणले भारतमा १०० करोड नेट कमाइ पार गरिसकेको छ। कन्नड संस्करणले पनि ९९ करोड कमाइ गरेको छ। यस्तै, तेलुगु संस्करणले ६० करोडभन्दा बढी नेट कमाइ गरेको छ।
त्यस्तै, मलयालमले २५ करोड र तमिल डब संस्करणले २९ करोड नेट कमाइ गरेको जनाइएको छ। यो फिल्मले विश्वव्यापी रूपमा ७ दिनमा ४५१ करोड भारू कमाइसकेको छ।
‘कान्तारा च्याप्टर १’ सन् २०२२ को सुपरहिट फिल्म ‘कान्तारा’ को प्रिक्वेल हो। फिल्ममा ऋषभका साथमा रूक्मिणी वसन्त, जयराम र गुलशन देवैया पनि मुख्य भूमिकामा छन्।