हृदयाघातका कारण भोजपुरी अभिनेता सुदीप पाण्डेको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार ३० वर्षको उमेरमा बिहीबार बिहान ११ बजे उनको मृत्यु भएको हो। उनी आफ्नो आगामी फिल्मको छायांकनका लागि मुम्बई पुगेका थिए। जहाँ उनको अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।
सुदीपको मृत्युको खबर उनका नजिकको साथीले दिएका हुन्।
पछिल्लो समय उनी अभिनेता तथा निर्माता सुदीप पाण्डे भोजपुरी फिल्ममा सक्रिय थिए। उनले सन् २००७ मा आएको फिल्म 'भोजपुरिया भइया' बाट अभिनयमा डेब्यू गरेका थिए।
उनले छोटो समयमै एक्सन हीरोको रूपमा आफ्नो पहिचान बनाएका छन्। उनले 'भोजपुरिया दरोगा, मसीहा बाबू, हमार संगी बजरंगबली, नथुनिया पे गोली मारे, हमार ललकार, शराबी, कुर्बानी, खूनी दंगल, बगावत' लगायत फिल्ममा अभिनय गरेका छन्।