जेठी श्रीमतीले आफ्नो मोतीको माला सट्टामा त्यस्तै मोतीको माला मागेपछि सिंहल देश (वर्तमान श्रीलंका) पुगेका मेवाड राजा रतन सिंह (शाहिद कपुर) सिंहल देशकी राजकुमारी पद्मावती (दीपिका पादुकोण)सँग प्रेममा पर्छन र ऊनीसँग विवाह गरि आफ्नो देश फर्कन्छन्। नयाँ रानीको रूपमा लोभिएका राजगुरूले राजा रतन सिंह र रानी पद्मावतीको अन्तरंग लुकीलुकी हेरेको प्रमाणित भएपछि उनलाई देश निकाला गरिन्छ। देश निकालाबाट क्षुब्द बनेका राजगुरू मुगल शासक अलाउद्दि(रणवीर सिंह)कोमा पुग्छन् र पद्मावतीको सुन्दरता बखान गर्छन्। पद्मावतीको सुन्दरता सुनेर मोहित हुन पुगेका अलाउद्दिनले मेवाडमा 'पद्मावती'लाई पाउन आक्रमण गर्छन्। तर सजिलै पद्मावती हात नपरेपछि उनी जालसाझी गर्दै राजा रतन सिंहलाई कैदी बनाएर दिल्ली फर्कन्छन। त्यसपछाडी घट्ने घटनाक्रम नै यस वर्ष थुप्रै विवादको श्रृखंलामा फसेको 'पद्मावत' फिल्मको कथा हो।
चर्चामा आएजस्तो फिल्मले राजपुत नारीको अपमान र गलत प्रस्तुति पेस गर्दैन। बरू फिल्मले राजपुत 'आन बान र शान'लाई उच्च रूपमा पेस गरेको छ। फिल्मले 'प्रत्येक पृथक कुरामा पहिलो आफ्नो हक हुने ' मनोविज्ञानबाट शासित एवं निर्देशित अलाउद्दिनको चाहेको कुरा जसरी पाइछाड्ने मनोवृतिलाई फिल्ममा पेस गरिएको छ।
https://www.youtube.com/watch?v=8YaF2m7hCx0&t=76s
इतिहास र त्यसका तपसिलमा लेखिएका कुरामा अनेकन व्याख्या कालान्तरसम्म चलिरहन्छ तर फिल्मका रूपमा भने 'पद्मावत' पर्दामा, कथा अनुसार सशक्त छैन। यसका लागि निर्देशक भन्सालीले प्रकाश आर कपाडियासँग लेखेको स्क्रिनप्लेले फिल्मलाई कमजोर तुल्याएको छ। सुफि कवि मलिक मुहम्मद जयसीले १६ औं शदाब्दीमा लेखेको 'पद्मावत' फिल्मी रूपान्तर भन्साली 'ड्रामा'मा धेर अल्झिनाले धिमा बनेको छ। भन्सालीका सिनेमामा आजसम्म 'ड्रामा' प्रमुखतामा पर्ने गरेका छन तर 'पद्ममावत'मा पनि त्यो निरन्तरता छ तर उनले पेस गरेको 'ड्रामा' कथा अनुसार स्क्रिनप्ले गतिवान हुन नसक्दा सुस्त बनेको छ। जसले 'दर्शकको अगाडी के हुन्छ?' भन्ने मनोविज्ञानलाई सम्बोधन गर्न सकेको छैन। पटकथाको कछुवा गतिले 'बाजराव मस्तानी' पछि संजयको सिनेम्याटिक प्रस्तुतिको स्तरलाई त्यो भन्दा माथि नलगी तल झारिदिएको छ। यसपटक पर्दामा असरदार कथा भन्न भन्साली चुकेका छन्। उनको कथ्य शैलीले उस्तो मन जित्दैन्। उनी पात्रको मनोदशा देखाउने क्रममा, अझ भन्नुपर्दा शाहिद र दीपिकाको रसायन देखाउने क्रममा चाहिने भन्दा ज्यादा सुस्त हुँदा फिल्मलाई सहि गति दिन असफल छन।
फिल्ममा प्रयूक्त सिनेम्याटोग्राफी, भब्य सेट, कलाकारको आवरण र अभिनयले फिल्मलाई एउटा स्तर भने प्रदान गरेको छ।
https://www.youtube.com/watch?v=6cKErCWrb44
फिल्ममा एउटा भनाइ सँधै चर्चामा रहने गर्छ। 'जति ठूलो र भंयकर खलनायक त्यति नै भयंकर सिनेमा।' पर्दामा अलाउद्दिन बनेका रणविरले त्यसलाई पेस गर्न सक्दो मेहेनत गरेका छन तर ताजगी गायब छ। 'बाजीराव मस्तानी'मा उनी बाजीरावको भूमिकामा जति सहज, स्वभाविक र प्राकृतिक थिए यसमा उनी छैनन्। फिल्ममा उनले हलिउड कलाकार जेशन मोमेवा अभिनित 'एक्वाम्यान' तथा 'द गेम्स अफ थ्रोन्स'बाट नक्कल गरेका छन्। उनको पात्रको गेटअप र अभिनयमा त्यो सजिलै अनुभूत हुन्छ। यध्यपि पर्दामा उनको भूमिका दरिलो रूपमा उपस्थित भएको छ।
यस्तै दीपिका पादुकोण पर्दामा सुन्दर देखिएकी छिन। अभिनय राम्रो हुँदाहुँदै पनि त्यसमा 'मस्तानी'को छायाँ फिल्म हेरिरहँदा अनुभव हुन्छ। फिल्मका अर्का विर्सन नहुने कलाकार हुन् अलाउद्दिनको सेवक (मल्लिक काफुर) बनेका जिम सराब ।उनी ताजा र जीवन्त छन्। उनले सशक्त अभिनय गरेका छन्। त्यस्तै अदिति राव हैदेरीले पनि तारिफकी पात्र हुन्।
फिल्म हेरिसकेका केहिले फिल्मको क्लाइमेक्समा सतिप्रथालाई बढवा दिएको भनेर फिल्मको आलोचना गरिरहेका छन् जून एकदमै कोरा र सतही टिप्पणी हो। सो दृश्य र घटना आफैमा प्रतिकात्मक छ। आलाउद्दिन र पद्मावतीको दन्वद व्यक्तिगत हुँदाहुँदै पनि उनीहरूको पदका कारण संस्थागत हुनपुगेको छ। जहाँ दुबैको मनोविज्ञान घटनाक्रमले एकले अर्कालाई जसरी पनि हराउने पुगिसकेको हुन्छ।
फिल्ममा दीपकाले गरेको 'जोहर' (सति जाने) निर्णय जापानी लडाकु 'सामुराई'हरूले गर्ने 'हाराकिरी' जस्तै हो, जहाँ एउटा योद्धाले आफ्नो योद्धाको परिचयलाई कायम गर्ने आफ्नो ज्यान आफै लिन्छन्। असंगठित नेपालका शाह वंशका ऐतिहासिक पात्र रणदुल्लभ शाहले आफ्नो दाजुको आफूप्रति रहेको राज्य हर्छ की भन्ने शंकालाई मेट्न आफ्नो गर्दन आफैले शेरेर जीवन उत्सर्ग गरेको परिस्थितिको मनोविज्ञानसँग सानिध्य राख्छ।
फिल्मको अर्को उल्लेखनिय पक्ष पार्श्व ध्वनी संगीत हो तर संजय लिला भन्सालीको संगीत औषत छ। त्यस्तै सिजिआइ प्रविधिको पनि फिल्ममा राम्रो प्रयोग भएको छ।
संमग्रमा 'पद्मावत' भन्सालीको 'बाजीराव मस्तानी' भन्दा कमजोर फिल्म हो। सो फिल्म पटक-पटक हेर्दा जति आनन्द प्राप्त हुन्छ त्यो चाँहि 'पद्मावत'बाट आशा नगरेकै ठीक। फिल्म औषत छ।