अभिनेता विनोद न्यौपाने निर्माण तयारीमा रहेको फिल्म 'जदौ' मा अनुबन्धित भएका छन्। यसअघि मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा फाइनल भइसकेको फिल्ममा विनोद पनि जोडिएका हुन्।
निकै रमाइलो पात्रका रूपमा यो फिल्ममा प्रस्तुत हुन लागेको विनोदले बताए। उनले 'कोहलपुर एक्सप्रेस', 'सुश्री सम्पत्ति', 'वेलकम टु हेम्जाकोट', 'हात्तिछाप', 'पूर्णबहादुरको सारंगी' लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।
काजी लिम्बूको लेखन रहेको फिल्म 'जदौ' सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गर्दैछ। फिल्मको सह–निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन्।
निर्माण ब्यानर सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक विमला भण्डारीले फिल्मका निर्देशक र बाँकी प्रमुख कलाकार, प्राविधिकबारे छिट्टै जानकारी दिइने बताइन्।
भदौ पहिलो साताबाट छायांकन सुरू हुने फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा खिचिने जनाइएको छ।