तिहारको अन्तिम दिन आइतबार नेपाली कलाकारहरूले पनि भाइटीका लगाएका छन्।
दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ।
दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्।
कलाकारहरूले आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग टीका लगाएका तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। दाजुभाइ नहुनेले दिदीबहिनीबीच पनि टीका लगाउने गर्छन्।
हेर्नुस् तस्बिरहरूः–