मिस युनिभर्स २०२३ विजेता शेन्निस पलासियोस नेपाल आएकी छिन्।
मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुनको लागि उनी बिहीबार बिहान जिम्बाबेबाट काठमाडौं आइपुगेकी हुन्।
उनलाई स्वागत गर्न आयोजक कम्पनी ग्लोबर ग्ल्यामर भेन्चरको तर्फबाट कार्यकारी निर्देशक सबि पुरी, मिस युनिभर्स नेपाल २०२४ की राष्ट्रिय निर्देशक संगीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की लगायत एयरपोर्ट पुगेका थिए।
पलासियोसले शुक्रबार मिस युनिभर्स नेपाल २०२४ का प्रतिस्पर्धीसँग अन्तक्र्रिया गर्नेछिन्।
उनी यसको फिनालेसम्म भने बस्ने छैनन्।
निकारागुआकी शेन्निस पालासियोस ७२ औं मिस युनिभर्सको विजेता हुन्। उनी मिस युनिभर्स जित्ने निकारागुआकी पहिलो महिला समेत हुन्। नेपालले इतिहासमा पहिलो पटक मिस युनिभर्सलाई स्वागत गरेको हो। पालासियोस आइतबार फर्किने कार्यतालिका छ।
मिस युनिभर्स नेपाल २०२४ को फिनाले भदौ २२ (सेप्टेम्बर ७) मा हुँदैछ। फिनालेमा २२ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।