अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म '१२ गाउँ' को टिजर सार्वजनिक भएको छ।
शुक्रबार बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक टिजर एक्सनप्रधान छ। विराजको भ्वाइसओभरसँगै सुरू हुने १ मिनेट २१ सेकेन्डको टिजरमा उनीसँगै उनका छोरा समीरलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
विराजको भ्वाइसओभर सकिएसँगै फाइट गर्दै प्रस्तुत हुने समीर एंगी र एक्सन अवतारमा छन्।
अधिकांश दृश्यमा उनी फाइट गरिरहेका देखिन्छ। विराज र समीरका फाइटका दृश्यसहित अन्य मुख्य कलाकार समेत टिजरमा देखिएका छन्। गाउँको पृष्ठभूमिमा कथा भनिएको छ।
टिजर हेर्दा फिल्मले बदलाको कथा उठाएको अनुमान गर्न सकिन्छ।
भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीर भट्टको '१२ गाउँ' पहिलो फिल्म हो।
नेपाली एक्सन फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी यसमा काम गरेको विराजले बताएका छन्।
फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्। विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, सोनु चन्द्रपाल, दीया मास्के, नरेन खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर (इकु)लगायत कलाकारहरूको यसमा अभिनय छ।
फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ।
एक्सन–थ्रिलर कथामा बनेको फिल्ममा तमिल तथा कन्नड फिल्मका द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।
फिल्म दसैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा छ।
भिडिओः