गायिका सिम्मा राईको नयाँ गीत 'यो मनको उच्छवास' सार्वजनिक भएको छ। गीतमा कवि प्रणिका कोयूको शब्द र गायिका सिम्माकै संगीत छ। गीतको मेलोडी संगीतकार न्ह्यू बज्राचार्यले तयार पारेका हुन्। भिडियोसहितको यो गीत बिहिबार गायिकाको आफ्नै च्यानलबाट युट्युबमा सार्वजनिक गरिएको हो।
सुयोग सोताङको मिक्सिङ र मास्टरिङ रहेको गीतमा पियानो एरेन्जमेन्ट सिम्मा आफैंले गरेकी छन्। गीतको भिडियोमा गायिका पियानो बजाउँदै गाइरहेको देखाइएको छ।
श्रवण मुकारुङको शब्द र न्ह्यु बज्राचार्यको संगीतमा 'उड तिमी' उनको पहिलो र चर्चित गीत हो। उनले गाएको 'नौलो बिहानी' गीत नेपाली सिनेमा 'सानो मन'मा समावेश छ।
प्रणिका कोयूको शब्द रहेको यो गीत पनि सिम्माका यसअघिका गीतजस्तै मेलोडियस छ।