अभिनेत्री मनीषा कोइरालाले महाशिवरात्रिको अवसर पारेर आफ्नै स्वरमा महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी छिन्।
सांगीतिक समूह ‘सुरसुधा’ सँगको सहकार्यमा कोइरालाले बिहिबार महामृत्युञ्जय मन्त्रको भिडियोसहित सार्वजनिक गरेकी हुन्। महामृत्युञ्जय मन्त्रमा सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठको संगीत छ ।
भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।
अभिनेत्री कोइरालालाई सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलावादक श्रेष्ठले स्वरमा साथ दिएका छन् ।
हेर्नुहोस् भिडिओ