केही समययता संगीतकार अर्जुन पोखरेल र सामाजिक सन्जालबाट चर्चामा आएका गायक अलिफ खानको सहकार्यमा गीतहरु सार्वजनिक भइरहेका छन्। यही सहकार्यमा नयाँ गीत 'वनैमा मनैमा' सार्वजनिक भएको छ।
अलिफ र गायिका समिक्षा अधिकारीको स्वरको गीतले भन्छ,
त्यो मुटुमा दिए त मलाई बास
सितिमिति जाँदैन मेरो श्वास
यस गीतको संगीत संयोजन पनि संगीतकार अर्जुन पोखरेलले नै गरेका छन्। साजन शाहले मिक्सिङ र मास्टरिङ गरेको गीत 'ए प्लस स्टुडियो'मा रेकर्ड भएको हो।
गीतको भिडियो 'द दिभाइन म्युजिक' मार्फत सार्वजनिक गरिएको हो।
निर्देशक विधान कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा भिजे तथा मोडल रन्जित पौडेलका साथमा मोडल समीक्षा पोखरेल, अजयश्री मगर र चाहना बस्यालको अभिनय छ। यो गीतको भिडियोको कोरियोग्राफी उत्सव दहालले गरेका छन्।