सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्। यसमा कृष्ण केसीले शब्द रहेको छ भने ध्रुवले नै संगीत दिएका छन्।
गीतको म्युजिक भिडिओमा पुष्प खड्का, सुधीर श्रेष्ठ, समारिका ढकाल र स्मारिका ढकाल, दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीले नृत्य तथा प्रस्तुति दिएका छन्।
लोक लयमा तयार भएको 'फुर्के रिबन भर्सेस कर्ली कपाल' ब्याटल शैलीमा प्रस्तुत गरिएको छ।
माइकल चन्दको निर्देशन रहेको भिडिओमा उत्सव दाहालले सिनेमेटोग्राफी दिएका छन्। यसलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।
'फुर्के रिबन भर्सेस कर्ली कपाल' गत बिहिबार युट्युब च्यानल सेभेन ११ म्युजिक फ्याक्ट्रीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।