सम्राट न्याैपानेकाे 'चालिसेमा जवान' गीत सार्वजनिक भएकाे छ।
अनन्त कश्यप घिमिरेकाे शब्द र सम्राट न्याैपानेकाे आवाजमा रहेकाे गीतकाे एरेन्जमेन्ट गायक सम्राट आफैंले गरेका हुन्।
गीतमा पछिल्लाे समय अत्यन्त रुचाइएका कलाकार बुद्धि तामाङ नायिका वर्षा शिवाकोटी,साैरभ न्याैपाने र सुशीला थापाकाे अभिनय छ।
गीतकाे निर्देशन साैरभ न्याैपानेले गरेका छन् भने छायांकन पवन शुशलिङले गरेका छन्।
चर्चित कलाकार समेटेर निर्माण गरिएकाे गीतकाे भिडिओमा वर्षा शिवाकोटी आफ्नाे प्रेमी छाडेर चालिस कटेका बुद्धि तामाङकाे पछि लागेकाे प्रेम कथालाई रमाइलो ढंगले प्रस्तुत गरिएकाे छ।