गायक वासुदेव केसी र विद्या तिवारीको स्वरमा नयाँ म्युजिक भिडिओ ‘टुना मुना’ सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत हरि लम्सालको छ।
'टुना मुना'को म्युजिक भिडिओमा जेविका कार्की र राजिव थापाको अभिनय छ। यसमा जेविकालाई समाजसेवीको रूपमा देखाइएको छ। राजिव जेविकाको गाउँमा पुग्छन्। र, ख्यालख्यालमै दुई बीच प्रेम गाँसिन्छ।
भिडिओ धादिङको गोल्डेन भ्यालीमा छायांकन भएको छ। भिडिओलाई मन्दिप बखुन्छेँले निर्देशन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। यसका निर्माता निर्जन तिमल्सिना र विज्ञान गौतम हुन्।
'टुना मुना' बुधबार युट्युब च्यानल 'आइ म्याक्स डिजिटल'बाट सार्वजनिक भएको हो।