निर्माता, गायक एवम् संगीत निर्देशक अर्जुनकुमार अब फिल्म निर्देशन गर्ने तयारीमा छन्। फिल्म 'चपली हाइट', 'चपली हाइट २', 'चपली हाइट ३', 'फाटेको जुत्ता' र 'फिटकिरी'का निर्माता एवम् संगीत निर्देशकको रूपमा आफ्नो जिम्मेवारी निभाएका अर्जुन यतिबेला आफ्नै निर्देशनमा नयाँ थ्रिलर-ड्रामा फिल्म बनाउने तयारीमा छन्।
निर्देशन क्षेत्रमा फिल्म 'गोरे सार्की' बाट अर्जुन डेब्यू गर्दैछन्। अर्जुनकुमार फिल्म प्रोडक्सनबाट नयाँ नेपाली फिल्म 'गोरे सार्की' निर्माण हुन लागेको हो।
'गोरे सार्की' २०७८ को कार्तिकमा सार्वजनिक हुने हिसाबले निर्माण काम भइरहेको अर्जुन बताउँछन्। फिल्मका लागि कलाकार फाइनल भइसकेता पनि तत्काललाई सार्वजनिक भने गरेका छैनन्।