अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘लप्पन छप्पन २’ को नयाँ सार्वजनिक मितिसहित दोस्रो टिजर सार्वजनिक भएको छ। मुकुन्द भट्टले निर्माण तथा निर्देशन गरेको सिनेमा नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनी आउने छ।
सौगात मल्ललाई मात्र स्थान दिइएको टिजरमा निर्माण टिमले अभिनेता सौगात मल्ललाई टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन्। एक्सन ड्रामा सिनेमामा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्वर्गीय दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ।
खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुतिमा बनेको सिनेमाको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका छन्। सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन्।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन्। पुरुषोत्तम प्रधानले खिचेको यो सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका छन्।