मुलुकभरीका छरिएर रहेका तराईवासी समुदाय रौनियार युवायुवतीका मनोबल बढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ ।
एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडौँद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश–१ को अडिशन यही माघ २४ गते विराटनगरमा गर्ने जानकारी दिइयो ।
इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक भरत रौनियरले विराटनगर, इटहरी, धरान, झापा क्षेत्रका रौनियार समुदायका १६ वर्षदेखि ३० वर्षका अविवाहित युवायुवतीको अडिशनमा सहभागिता रहने बताए।
आगामी फागुन महिनाको दोस्रो हप्तामा काठमाडौँमा गरिने दोस्रो मिस एण्ड मिस्टरको अन्तिम चरणको प्रतियोगिताका लागि अघि नै प्रदेश–२ र बागमतीको लागि छनोट कार्य सम्पन्न भइसकेको जानकारी दिइयो। प्रतियोगितामा उपाधि विजेता तथा उपविजेतालाई आकर्षक पुरस्कार म्युजिक भिडियोमा कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको संयोजक रौनियारले जानकारी दिए।
रौनियार समाज विराटनगरका अध्यक्ष रामनरेश साहले रौनियार युवायुवतीको भित्र लुकेर रहेको प्रतिभा प्रस्फुुटन गराउन प्रतियोगिताले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब रु ४० देखि ५० लाख खर्च लाग्ने सोही अवसरमा जानकारी दिइयो।