गायक कुमार दवाडीको स्वर रहेको ‘नबोली जित्छौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ। होम न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत रहेको गीत भिडिओ गत बिहिबार युट्युबमा सार्वजनिक भएको हो।
युवराज वाइवाको निर्देशनमा बनेको भिडिओमा सञ्चारकर्मी नरेश भट्टराई र मोडल करुणा श्रेष्ठले अभिनय गरेका छन्। शास्त्रीय संगीतमा आधारित सुगम शैलीको यो रोमान्टिक गीतमा स्वर-संगीतको संयोजन स्रोताको मन जित्ने खालको छ।
भिडियोमा सागर प्रधानको छायांकन, विकास दाहालको सम्पादन र निर्देशन रहेको छ । भिडियो कुमार क्रियएन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतकार होम न्यौपाने र संगीतकार दीपक भट्टराईको सहकार्यमा यसअघि पनि केही गीत सार्वजनिक छन्।