केतन क्षेत्रीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 'आशीर्वाद' बोलको नयाँ आधुनिक गीत शुक्रबार युट्युब च्यानल ओएस आर डिजिटलबाट सार्वजनिक भएको हो।
सुरज गैरे 'बिबश' र अशोक कुमार तिमल्सिनाको शब्द रहेको गीतमा सुवास भुषालले संगीत दिएका छन्। यसमा भएका संवादहरू निवेश नापितले लेखेका हुन्।
म्युजिक भिडिओमा मिथिला शर्मा, अशोक तिमल्सिना, राम प्रसाद सापकोटा, सुरज लामा, मार्क एन्थोनी मुनारी, टिम स्यला्मन, मणि थकालीलगायतको अभिनय रहेको छ। भिडिओमा मिथिला र अशोक कुमारको मुख्य भूमिका छ। जसमा मिथिला आमाको भूमिकामा छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन्।
कोरोना महामारी कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नभएको कथा भिडिओमा समेटिएको छ। भिडिओले नेपाली समाजको तितो यथार्थ देखाउन खोजेको छ।
भिडिओको पटकथा लेखन तथा निर्देशन अशोक कुमार तिमल्सिनाले गरेका छन्। यसमा राकेश महर्जन, रवि कंडेल, सनिश श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ।