निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’ स्वस्तिमा खड्का अनबन्ध भएकी छन्। आउँदो भदौ ११ मा फिल्म रिलिज हुने भनिए पनि सुटिङ कहिले सुरु हुने अत्तो छैन।
तर, दीपेन्द्रले बुधबारबाट फिल्मको कास्टिङ सुरु गरेका छन्। शर्मिला पाण्डेको लगानीमा बन्न लागेको फिल्ममा खनालले महत्वपूर्ण भूमिकाका लागि स्वस्तिमा खड्कालाई अनुबन्ध गरेका हुन्।
निर्माता पाण्डे र स्वस्तिमाबीच बुधबार सम्झौता भएको छ। फिल्ममा अर्पण थापा पनि रहने चर्चा छ । स्वस्तिमाले निर्देशक खनालसँग दोस्रो पटक काम गर्न लागेकी हुन् ।
यसअघि दुवैले ‘लभ लभ लभ’मा सहकार्य गरेका थिए । खनालले गत साल ‘आमा’ निर्देशन गरेका थिए जुन फिल्मले राम्रो चर्चा कमाएको थियो।