अभिनेत्री श्वेता खड्का सोमबार विवाह बन्धनमा बाधिँइन् । उनी धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिँएकी हुन्।
सोमबार काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह सम्पन्न भयो। पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता विजयन्द्र सिंहसँग विवाह बन्धनमा बाधिँएकी हुन्।
सोमबार विवाह सम्पन्न भएपछि श्वेताले सामाजिक सञ्जलामा तस्बिरहरु शेयर गर्दै मनछुने स्टाटस लेखेकी छिन्। उनले स्टाटसमा आफूले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेंको बताएकी छिन्।
उनले लेखेकी छिन् - अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफूलाई सजाएँ। मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।

मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ ।
थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु ।
अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।
तपाईकी उहि छोरी /चेली श्वेता खड्का