युट्युबर रशिद सिद्दीकीले बलिउड अभिनेता अक्षय कुमारले लगाएको ५ सय करोड क्षतिपूर्ति दाबी निरर्थक र अनावश्यक भएको बताएका छन्। उनको जवाफसँगै अक्षय र रशिदबीच विवाद चर्किने संकेत देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छऽ
युट्युबर रशिद एफएफ न्युजु नामक युट्युब च्यानल चलाउँछन्। उक्त च्यानल मार्फत दिवगन्त बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या विषयमा टिप्पणी राख्ने क्रममा आफूमाथि झुटो र आधारहिन आरोप लगाएको भन्दै अक्षयले मुद्दा हालेका हुन्।
उक्त भिडिओमा सुशान्तसिंह राजपूतको निधनपछि अक्षयले सुशान्तकी भूतपूर्व प्रमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्न सहयोग गरेको र सुशान्तसिंह राजपूतको मृत्युसम्बन्धी कुरा गर्न महाराष्ट्रका मन्त्री आदित्य ठाकरे र मुम्बई पुलिस कमिश्नरसँग गोप्य रुपमा भेटेको दाबी गरेका थिए।
उक्त भिडिओ झुटो, अपमानजनक र आधारहीन भन्दै अक्षयले गत साता मानहानीको मुद्दा दर्ता गराएका थिए।
'अक्षयका अनुसार उनलाई भिडिओका कारण मानसिक तनाव बढेको छ। त्यसले उनको नाम, इज्जत, प्रतिष्ठान र सद्भावनामा ठेस पुर्याएको छ। यसको क्षतिपूर्ति स्वरुप उनी ५ सय करोड माग राखेका छन्,' एक कानूनी सूचनामा लेखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
थप लेखिएको छ, 'ती भिडिओ झुटा, निराधार, बदनाम गर्न र भ्रम फैलाउन बनाइएको हो। यो सबै सस्तो प्रचार गर्ने स्टन्ट हुन्।'
अक्षयले उक्त भिडिओ युट्युबबाट हटाउन र त्यस्तो अपमानजनक भिडिओ बनाएकोमा आफूसँग सद्दीकीले माफी माग्नुपर्ने समेत बताएका छन्।
सुशान्तसिंह राजपूत गत जुन १४ गते आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए। उनले आत्महत्या गरेको भन्ने थियो। यस विषयमा छानबिन क्रम उनकी भुतपूर्व प्रेमिका रिया चक्रावर्ती लागू पदार्थ सेवनको केसमा पक्राउ परेका थिए। अहिले उनी जमानतमा छुटेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार अक्षयको मुद्दामा युट्युबर सिद्दीकीले आपत्ती जनाउँदै मानहानीको मुद्दालाई नकारेका हुन्।
यसमा युट्युबर सिद्दीकीका अधिवक्ता अनुसार, अक्षयले लगाएको आरोप झुटो, कठोर, दमनकारी र उत्पीडन गर्ने अभिप्राय रहेको छ। उनले प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता रहेको र सिद्दीकीको भिडिओमा व्यक्तिगत विचार रहेको बताए।
'५ सय करोडको क्षतिपूर्ती माग्नु निरर्थक र अनावश्यक छ। यो कदमसँगै सिद्दीकीमाथि अनावश्यक तनाव थप्न खोजिएको हो,' अक्षयको पत्रचार पछि जवाफमा सिद्दीकीको अधिवक्ताले भनेका छन्, 'अक्षयले आफ्नो जाहेरी फिर्ता लिनुपर्छ।'
मुम्बईं पुलिसले सिद्दीकीमाथि मानहानीको मुद्दा दर्ता गरिसकेको छ।