सञ्चारकर्मी तथा गायक सुदिन पोखरेलले अस्ट्रेलिया बसाइँका क्रममा ‘मृत्यु’ नामक नयाँ गीत बजारमा ल्याएका छन्।
घरेलु हिंसा र मानसिक समस्यालाई लक्षित गर्दै सुदिनले यो नयाँ र्याप गीत बजारमा ल्याएका हुन्।
राम नाम सत्य हो सबको यही गथ्य हो भन्दै उनले आफ्नो गीतलाई पीडा र विछोडबीच पनि प्रेम गर्न सबैलाई आग्रह गरेका छन्।
विछोड र पीडा अनि अभावका कारण मानसिक तनावमा रहेकाहरूले जतिबेला जे पनि गर्न सक्ने हुनाले यस्तो अवस्था आउन नदिन उनले र्याप गीतमार्फत् सन्देश दिएका छन्।
सुदिनले छ महिनाअघि मात्र ‘समृद्धि’ नामक गीत बजारमा ल्याएका थिए।
लामो समयपछि बजारमा ल्याएको यो गीतमा मृत्यु शाश्वत सत्य भए पनि आवेश र तनावमा आएर गलत निर्णय नगर्न आह्वान गरिएको छ।
उनको यो म्युजिक भिडिओको निर्देशक राज राणाले गरेका हुन् भने म्युजिक भिडिओमा भारती पौडेल तिवारीले अभिनय गरेकी छन्।