रामजानकी मन्दिर युवा परिवारद्धारा आयोजित पूर्वाञ्चल स्तरीय दोस्रो खुल्ला नकआउट पुरूष भलिवलको उपाधि एपिएफ पकलीले जितेको छ।
राम नवमीको अवसर पारेर पथरीशनिश्चरे वडा नम्वर ५ स्थित रामजानकी मन्दिर परिसमा आइतबार भएको फाइनलमा रामधुनी युवा क्लव झुम्कालाई २५-२०, १८-२५, २२-२५ र २४-२६ को सेटमा हराउँदै एपिएफ पकलीले उपाधि हात पारेको हो।
राम जानकी मन्दिर युवा परिवारले चैत ८ गते देखि सुरू गरेको प्रतियोगितामा एक नम्बर प्रदेशका १० टिमको सहभागिता थियो।
प्रतियोगिताको विजेता एपिएफ पकलीले नगद ५१ हजार, मेडल ट्रफी र प्रमाणपत्र पाएको थियो भने उप विजेता रामधुनी युवा क्लव झुम्काले ३१ हजार, मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ।
खेलको म्यान अफ द सिरिज एपिएफका कृष्ण थापा भए।
प्रतियोगिताको विजेता उपविजेतालाई प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ का सांसद शेखर चन्द्र थापा र रन्जन थापाले पुरस्कृत गरे।