नेपालका कबड्डी खेलाडी घनश्याम मगरले यो सिजनमा पनि भारतको प्रो-कबड्डी लिग खेल्ने भएका छन्।
उनलाई ११औं सिजनका लागि हरियणा स्टिलर्सले रिटेन गरेको हो।
गत सिजनमा पनि उनले हरियणाबाट खेलेका थिए। उनलाई हरियाणाले १५ लाख ५० हजार भारू दिनेछ।
यो सिजनका लागि अगस्ट १५ र १६ मा मुम्बईमा अक्सन हुँदैछ। सो अक्सनबाट पनि नेपाली खेलाडी लिगमा छानिने सम्भावना छ।
पहिलो श्रेणीका खेलाडीका लागि ३० लाख भारू, दोस्रो श्रेणीका खेलाडीका लागि २० लाख भारू, तेस्रो श्रेणीका खेलाडीका लागि १३ लाख भारू र चौथो श्रेणीका खेलाडीका लागि ९ लाख भारू पारिश्रमिक रहनेछ।