अमेरिकी स्प्रिन्ट स्टार नोआ लायल्सले पेरिस २०२४ मा जमैकाका किशाइन थम्पसनलाई पछि पार्दै पुरुष सय मिटर दौडमा स्वर्ण जितेका छन्। लायन्सले थम्पसनलाई ०.००५ सेकेन्डले पछि पार्दै स्वर्ण जितेका हुन्।
लायल्सले दौडको दोस्रो हाफमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई पार्ने क्रममा व्यक्तिगत उत्कृष्ट ९.७९ सेकेन्डको समयमा निर्धारित दुरी दौडिए।
अमेरिकाकै पूर्व विश्व च्याम्पियन फ्रेड केर्लीले ९.८१ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते।
लायन्सले गत वर्षको विश्व च्याम्पियनसिपमा तीन स्वर्ण जितेका थिए। त्यसपछि उनको उद्देश्य ओलम्पिकमा स्वर्ण जित्ने थियो।
२७ वर्षीय लायन्सले अब २ सय मिटर र रिले इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
‘मेरा लागि यो भन्दा ठूलो क्षण हुन सक्दैन,’ ५० मिटरसम्ममा सातौं स्थानमा रहेका लायल्सले भने।
लायल्सलाई पुरुष एथलेटिक्सको नयाँ सुपरस्टारको रूपमा उसन बोल्टलाई प्रतिस्थापन गर्न सकिने खेलाडीको रुपमा लिइएको छ।
उनी २० वर्षपछि अमेरिका लागि सय मिटर दौडमा स्वर्ण जित्ने खेलाडी बनेका छन्। यसअघि सन् २००४ मा जस्टिन ग्याटलिनले अमेरिकाका लागि सय मिटर दौडमा स्वर्ण जितेका थिए।